काठमाडौं- गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा थप ३६३ जनामा कोरोना संक्रमण देखिएको छ।
प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३० जनाको नमुना परिक्षण गरिएकामा ३६३ जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये १७१ महिला र १९२ जना पुरुष रहेका छन्।
उनका अनुसार कास्की ११२, बागलुङ ३, स्याङ्जा ४६, म्यादी १८, पर्वत ३४, गोरखा १३, लमजुङ २१, तनहुँमा ३८ र नवलपुरमा ७८ जनामा संक्रमण पुष्टि भएकाे छ। योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ६२ हजार ७२४ पुगेको छ।
यस्तै, गण्डकीमा सक्रिय संक्रमितको संख्या ३ हजार १०९ जना छन्। पछिल्लाे २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा उपचाररत थप ३ जनाको मृत्यु भएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१ जना पुगेको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा २८१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५८ हजार ५७४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।