काठमाडौं- अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा लगाइँदै छ।
सोमबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत लक्षित समूहलाई खोप लगाउने काम भइरहेको छ। सोमबार काठमाडौंका खोप केन्द्रमा लक्षित समूहभन्दा बाहिरका मानिससमेत पुग्दा भिडभाड बढी भएको थियो।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार काठमाडौंमा मात्र ५५ वटा खोप केन्द्र तोकिएको छ। उनका अनुसार सोमबार यी खोप केन्द्रमा ५३ र ५४ वर्ष उमेर, पूर्ण र अति अशक्त अपांग, स्वास्थ्यकर्मी र सफाइकर्मीले खोप लगाएका छन्।
यी समूहबाहेक अन्य समूह पनि सोमबार केन्द्रमा पुगेका कारण भिड बढेको उनले जानकारी दिए।
उनका अनुसार मंगलबार ५१ र ५२ वर्ष उमेर समूहसहित पूर्ण र अति अशक्त अपांग, स्वास्थ्यकर्मी र सफाइकर्मी, शरणार्थीहरु र जोन्सन खोप अनिवार्य गरेका देशमा जाने व्यक्तिहरुलाई खोप लगाइनेछ।
यस्तै बुधबार ५० वर्ष उमेर समूहसहित पूर्ण र अति अशक्त अपांग, स्वास्थ्यकर्मी र सफाइकर्मी, शरणार्थीहरु, जोन्सन खोप अनिवार्य गरेका देशमा जाने व्यक्ति र ५१ देखि ५४ वर्ष उमेरका खोप लगाउन छुटेका समूहले लगाउन पाउने छन्।
यी हुन् काठमाडौंका ५५ खोप केन्द्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।