काठमाडाैं- गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा थप ४१७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १२७ जनाको नमुना परीक्षण गरिएकामा ४१७ जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये २०४ महिला र २१३ जना पुरुष रहेका छन्।
उनका अनुसार कास्की १९७, बागलुङ ७, स्याङ्जा ३०, मनाङ १, पर्वत ३९, गोरखा ४९, लमजुङ १५, तनहुँमा २४ र नवलपुरमा ५५ जनामा संक्रमण पुष्टि भएकाे छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१ हजार ९२३ पुगेको छ।
यस्तै, विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३१ जना पुगेको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा २९४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५८ हजार २४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।