• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२ Sat, May 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
ओली गुटमा असन्तुष्टि छ, धेरै साथीले विद्रोह गर्नुहुन्छ : किसान श्रेष्ठ [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ सोमबार, साउन ४, २०७८  १६:५८
1140x725

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने कृष्णकुमार श्रेष्ठ (किसान) श्रेष्ठसहित ८ जना सांसदले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए। दुई पटक प्रतिनिधि सभा विघटन गर्दासमेत ओलीलाई साथ दिएका उनीहरुले एकाएक ओलीलाई छोडेपछि राष्ट्रिय राजनीति तरंगित बन्नपुगेको छ।

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै चर्चामा आएका श्रेष्ठ ओली पक्षमा रहँदै उनको पक्षमा निरन्तर उभिएका थिए। २०७७ वैशाख १० गते जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको ‘अपहरण काण्ड’मा सांसद महेश बस्नेत र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै उनी पनि मुछिए। ओलीकै निर्देशनमा ‘अपहरण’ भएको भन्दै सार्वजनिक चर्चा चुलियो, प्रहरीमा उजुरी दर्ता गरियो। 

ओलीले यति धेरै विश्वास गरेका श्रेष्ठ पार्टीले देउवाको विपक्षमा मतदान गर्नू भनि दिएको निर्देशनविपरित विश्वासको मत दिन पुगेपछि नेकपा एमालेका नेता/कार्यकर्ता मात्र होइन, सर्वसाधारण पनि आश्चर्यमा परे। कतिपयले मन्त्री पदका लागि श्रेष्ठले ओलीको साथ छोडेको आरोप पनि लगाइरहेका छन्। हामीले पनि सांसद श्रेष्ठलाई यही प्रश्न सोध्यौं। प्रस्तुत छ, श्रेष्ठसँग नेपाल लाइभले गरेको कुराकानीको सारसंक्षेपः-

मन्त्री बन्न विश्वासको मतको पक्षमा लाग्नुभयो भन्ने आरोप लागेको छ, त्यस्तो हो?

होइन, होइन। एउटा कुरा के हो भने १९/१९ पटक मन्त्री फेरबदल हुँदा, आफ्नो दलको एकल सरकार हुँदा त मन्त्री हुन नपाएको मैले अब अहिले पाँच/छ वटा पार्टी मिलेर बनेको सरकारमा मन्त्री हुन्छु भन्ने आशामा या प्रलोभनमा यो विश्वासको मत दिएको होइन। यो क्लियर छ। 

तपाईं शेरबहादुर देउवालाई विश्वासको मत दिने अवस्थामा चाहिँ किन पुग्नुभयो त? 

तनहुँ क्षेत्र १ बाट निर्वाचित भएर आइसकेपछि तत्कालीन नेकपा, नेकपा एमालेको सरकार बनिसकेपछि अविछिन्न रुपमा सरकारलाई सहयोग गरें। संसदमा खेल्नुपर्ने भूमिका राम्रोसँग खेलें। केपी ओली सरकारलाई सफल बनाउन हरेक आरोपहरु खेपें। दुई/दुई पटक संसद विघटन हुँदा पनि ओली पक्षकै वकालत गरेर बसें। 

सर्वोच्चको फैसला आइसकेपछि पटक-पटक संसद विघटन गर्नु एकदम गलत हो भन्ने लाग्यो। हामीले संविधानको अन्तिम व्याख्या गर्ने काम सर्वोच्चलाई दिएका छौं। उसैले नै संसद विघटन बेठिक हो भनेपछि यो फैसलाको सम्मान गर्नुपर्छ भन्ने मलाई भित्री मनबाट लाग्यो। मलाई कसैले दबाब वा प्रलोभन दिएर विश्वासको मत दिने अवस्थामा पुगेको होइन। 

Ncell 2
Ncell 2

के ले काम गर्‍यो त एकाएक?

मैले भित्रि रुपले तनहुँका जनता सम्झिएँ। क्षेत्र नम्बर–१का जनताले पाँच वर्षका लागि दिएको मतलाई सम्झिएँ। त्यसपछि मैले स्वतःस्फूर्त रुपमा विश्वासको मत दिने निर्णय गरेको हुँ। 

अब तपाईंलाई अध्यक्ष ओलीले फकाउनु भयो, आउनुस् जे भो–भो भन्नु भयो भने मान्ने कि नमान्ने?

गल्ती स्वीकार्नु पर्‍यो नि। म भन्दा ठूला नेताहरु हुनुहुन्छ। माधव नेपाल, झलनाथ खनालहरु हुनुहुन्छ उहाँहरुले के भन्नुहन्छ, के गर्नुहुन्छ? त्यस अनुसार होला नि! मैले पार्टी छोडेको छैन। एमालेको सांसद हो। मैले त सर्वोच्चले दिएको अधिकार प्रयोग गरेको हो। मैले एमाले छाडेको छैन, छाड्दिन। 

shivam cement

shivam cement

ओली गुटलाई मात्र छाडेको?

अहिले ओलीलाई पनि छाडेको होइन। अहिले सर्वोच्चको फैसलाको कार्यान्वयन गर्ने सिलसिलामा त्यसको सम्मान गरेको हो। तनहुँका जनताको जुन माया, ममता छ त्यसको र भोटको सम्मान गरेको हो। 

विश्वासको मतपछि नेकपा एमाले विभाजित हुने अवस्था देखिएको छ, अब तपाईं कता उभिनुहुन्छ?

अहिले पनि मलाई आशा छ, पार्टी एकता हुन्छ। तर, पार्टी एकता भएन भने वा कसैले घर छिर्न दिएन लौरो लिएर लखेट्यो भने जानु परेन?

 तपाईं मात्र हो कि अरु पनि हुनुहुन्छ?

त्यहाँ भित्र पिल्सिएका, अन्यायमा परेका असन्तुष्ट धेरै साथीहरु हुनुहुन्छ।  मलाई विश्वास छ धेरै साथीहरु आउनुहुन्छ। त्यहाँ धेरै असन्तुष्टि छ। विद्रोह हुने सम्भावना छ। 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाले भने:  अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छ
इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया, सरकारको रणनीतिक योजना सार्वजनिक
धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु
सम्बन्धित सामग्री
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन केही दिनअघि यही परियोजना अन्तर्गत भएको साझेदारहरूको बैठक र सरोकारवालासँगको  छलफलमा उनीसँग रोमीका न्यौपानेले गरेको कुराकानी:  आइतबार, फागुन ११, २०८१
ताजा समाचारसबै
देउवाले भने:  अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छ शनिबार, जेठ ३, २०८२
इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया, सरकारको रणनीतिक योजना सार्वजनिक शनिबार, जेठ ३, २०८२
धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु शनिबार, जेठ ३, २०८२
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित शनिबार, जेठ ३, २०८२
प्रशामक सेवा राष्ट्रिय रणनीति स्वीकृत शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या, घटनापछि आत्महत्याको पर्यास शुक्रबार, जेठ २, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
ढल्केबरमा समस्या हुँदा हिजो विद्युत् झ्याप्प–झुप्प भयो, अब लोडसेडिङ हुँदै हुँदैन : शाक्य शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्