• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

ओली गुटमा असन्तुष्टि छ, धेरै साथीले विद्रोह गर्नुहुन्छ : किसान श्रेष्ठ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, साउन ४, २०७८  १६:५८
1140x725

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने कृष्णकुमार श्रेष्ठ (किसान) श्रेष्ठसहित ८ जना सांसदले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए। दुई पटक प्रतिनिधि सभा विघटन गर्दासमेत ओलीलाई साथ दिएका उनीहरुले एकाएक ओलीलाई छोडेपछि राष्ट्रिय राजनीति तरंगित बन्नपुगेको छ।

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै चर्चामा आएका श्रेष्ठ ओली पक्षमा रहँदै उनको पक्षमा निरन्तर उभिएका थिए। २०७७ वैशाख १० गते जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको ‘अपहरण काण्ड’मा सांसद महेश बस्नेत र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै उनी पनि मुछिए। ओलीकै निर्देशनमा ‘अपहरण’ भएको भन्दै सार्वजनिक चर्चा चुलियो, प्रहरीमा उजुरी दर्ता गरियो। 

ओलीले यति धेरै विश्वास गरेका श्रेष्ठ पार्टीले देउवाको विपक्षमा मतदान गर्नू भनि दिएको निर्देशनविपरित विश्वासको मत दिन पुगेपछि नेकपा एमालेका नेता/कार्यकर्ता मात्र होइन, सर्वसाधारण पनि आश्चर्यमा परे। कतिपयले मन्त्री पदका लागि श्रेष्ठले ओलीको साथ छोडेको आरोप पनि लगाइरहेका छन्। हामीले पनि सांसद श्रेष्ठलाई यही प्रश्न सोध्यौं। प्रस्तुत छ, श्रेष्ठसँग नेपाल लाइभले गरेको कुराकानीको सारसंक्षेपः-

मन्त्री बन्न विश्वासको मतको पक्षमा लाग्नुभयो भन्ने आरोप लागेको छ, त्यस्तो हो?

होइन, होइन। एउटा कुरा के हो भने १९/१९ पटक मन्त्री फेरबदल हुँदा, आफ्नो दलको एकल सरकार हुँदा त मन्त्री हुन नपाएको मैले अब अहिले पाँच/छ वटा पार्टी मिलेर बनेको सरकारमा मन्त्री हुन्छु भन्ने आशामा या प्रलोभनमा यो विश्वासको मत दिएको होइन। यो क्लियर छ। 

तपाईं शेरबहादुर देउवालाई विश्वासको मत दिने अवस्थामा चाहिँ किन पुग्नुभयो त? 

तनहुँ क्षेत्र १ बाट निर्वाचित भएर आइसकेपछि तत्कालीन नेकपा, नेकपा एमालेको सरकार बनिसकेपछि अविछिन्न रुपमा सरकारलाई सहयोग गरें। संसदमा खेल्नुपर्ने भूमिका राम्रोसँग खेलें। केपी ओली सरकारलाई सफल बनाउन हरेक आरोपहरु खेपें। दुई/दुई पटक संसद विघटन हुँदा पनि ओली पक्षकै वकालत गरेर बसें। 

सर्वोच्चको फैसला आइसकेपछि पटक-पटक संसद विघटन गर्नु एकदम गलत हो भन्ने लाग्यो। हामीले संविधानको अन्तिम व्याख्या गर्ने काम सर्वोच्चलाई दिएका छौं। उसैले नै संसद विघटन बेठिक हो भनेपछि यो फैसलाको सम्मान गर्नुपर्छ भन्ने मलाई भित्री मनबाट लाग्यो। मलाई कसैले दबाब वा प्रलोभन दिएर विश्वासको मत दिने अवस्थामा पुगेको होइन। 

nimb
nimb
Ncell 2
Ncell 2

के ले काम गर्‍यो त एकाएक?

मैले भित्रि रुपले तनहुँका जनता सम्झिएँ। क्षेत्र नम्बर–१का जनताले पाँच वर्षका लागि दिएको मतलाई सम्झिएँ। त्यसपछि मैले स्वतःस्फूर्त रुपमा विश्वासको मत दिने निर्णय गरेको हुँ। 

अब तपाईंलाई अध्यक्ष ओलीले फकाउनु भयो, आउनुस् जे भो–भो भन्नु भयो भने मान्ने कि नमान्ने?

गल्ती स्वीकार्नु पर्‍यो नि। म भन्दा ठूला नेताहरु हुनुहुन्छ। माधव नेपाल, झलनाथ खनालहरु हुनुहुन्छ उहाँहरुले के भन्नुहन्छ, के गर्नुहुन्छ? त्यस अनुसार होला नि! मैले पार्टी छोडेको छैन। एमालेको सांसद हो। मैले त सर्वोच्चले दिएको अधिकार प्रयोग गरेको हो। मैले एमाले छाडेको छैन, छाड्दिन। 

ओली गुटलाई मात्र छाडेको?

अहिले ओलीलाई पनि छाडेको होइन। अहिले सर्वोच्चको फैसलाको कार्यान्वयन गर्ने सिलसिलामा त्यसको सम्मान गरेको हो। तनहुँका जनताको जुन माया, ममता छ त्यसको र भोटको सम्मान गरेको हो। 

विश्वासको मतपछि नेकपा एमाले विभाजित हुने अवस्था देखिएको छ, अब तपाईं कता उभिनुहुन्छ?

अहिले पनि मलाई आशा छ, पार्टी एकता हुन्छ। तर, पार्टी एकता भएन भने वा कसैले घर छिर्न दिएन लौरो लिएर लखेट्यो भने जानु परेन?

 तपाईं मात्र हो कि अरु पनि हुनुहुन्छ?

त्यहाँ भित्र पिल्सिएका, अन्यायमा परेका असन्तुष्ट धेरै साथीहरु हुनुहुन्छ।  मलाई विश्वास छ धेरै साथीहरु आउनुहुन्छ। त्यहाँ धेरै असन्तुष्टि छ। विद्रोह हुने सम्भावना छ। 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
औषधि व्यवस्था विभागको सूचना ऐनविपरीत रहेको भन्दै प्रश्न
देशभर मनसुनी गतिविधि सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना
ब्राउन सुगरसहित विराटनगरमा दुई जना पक्राउ
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
औषधि व्यवस्था विभागको सूचना ऐनविपरीत रहेको भन्दै प्रश्न शुक्रबार, भदौ ५, २०८३
देशभर मनसुनी गतिविधि सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, भदौ ५, २०८३
ब्राउन सुगरसहित विराटनगरमा दुई जना पक्राउ शुक्रबार, भदौ ५, २०८३
फरार प्रतिवादी लागुऔषधसहित पोखराबाट पक्राउ शुक्रबार, भदौ ५, २०८३
पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २ जनाको मृत्यु शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्