काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका विभिन्न स्थानका कोभिड खोकेन्द्रको अनुगमन गरेका छन्।
प्रधानमन्त्री अनुगमनका क्रममा उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा सञ्चालल गरेको खोपकेन्द्र पुगेका थिए।
साथै, प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले सञ्चालन गरेको कुपण्डोल खोपकेन्द्रको समेत अनुगमन गरे।
विभिन्न स्थानमा रहेको खोप केन्द्रको अनुगमनका क्रममा उनले खोप कार्यक्रमलाई व्यवस्थित बनाउनसमेत निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।