काठमाडाैं- गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८९ जनाको नमुना परीक्षण गर्दा ३३८ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये १७७ महिला र १६७ जना पुरुष रहेका छन्।
उनकाअनुसार कास्की १६२, बागलुङ २५, स्याङ्जा ५३, मुस्ताङ १, म्यादी १३, पर्वत १९, गोरखा ३०, लमजुङ ३, तनहुँमा १५ र नवलपुरमा १७ जनामा संक्रमण देखिएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१ हजार ५०६ पुगेको छ।
उनका अनुसार प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २५ जना पुगेको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ३६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ७३० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।