काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ९ हजार ६२८ जनाको पीसीआर र एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
६ हजार ६२८ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार २२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएका हुन्।
यस्तै, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।