काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले भाेलि १० बजेदेखि खाेप केन्द्रको अनुगमन गर्ने भएका छन्।
प्रधानमन्त्री देउवाले अपांग अस्पताल जाेरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबाैद्ध र पाटन अस्पताललगायतको निरीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भाेलिदेखि काेराेना विरूद्धकाे एक डाेज लगाए पुग्ने जाेन्सन एण्ड जाेन्सनकाे खाेप कार्यक्रम सुरू हुँदैछ।
जाेन्सनकाे १५ लाख ३४ हजार ४५० डाेज काेभ्याक्स सुविधामार्फत् नेपाललाई उपलब्ध गराएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।