काठमाडाैं- कोरोना भाइरसको संक्रमणबाट विश्वमा एकै दिन करिब सात हजार जनाले ज्यान गुमाएका छन्। वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र विश्वभर छ हजार ९९९ संक्रमितको मृत्यु भएको छ।
यससँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख ९८ हजार ४८४ पुगेको छ।
गत २४ घण्टामा मृत्यु हुने संक्रमितमध्ये सबैभन्दा धेरै इन्डोनेसियाका रहेका छन्। त्यहाँ उक्त अवधिमा एक हजार ९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छ।
सोही अवधिमा ब्राजिलमा ८२३, रसियामा ७८७, भारतमा ५१७ जनाको मृत्यु भएको छ।
यसैगरी कोलम्बियामा ४९८, दक्षिण अफ्रिकामा २९१, अर्जेन्टिनामा २७६, मेक्सिकोमा २७५, म्यानमारमा २३३, बंगलादेशमा २०४, इरानमा १७५, थाइल्याण्डमा १४१, ट्युनिसियामा १४०, मलेसियामा १३८, फिलिपिन्समा १२२ तथा अमेरिकामा १११ जनाको मृत्यु भएको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।