काठमाडौं- काठमाडौं उपत्यकामा काेराेनाका सक्रिय संक्रमितकाे संख्या ७ हजार नाघेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल उपत्यकामा ७ हजार ३९९ सक्रिय संक्रमित छन्।
जसमध्ये काठमाडौंमा ५ हजार ५४० सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ। यस्तै, भक्तपुरमा ९०८ र ललितपुरमा ९५१ जना सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४२८ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।