काठमाडौं- संसद् सचिवालयका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
शुक्रबार गरिएको परीक्षणमा तीन कर्मचारीको रिपोर्ट पोजिटिभ आएको संसद् सविचालयले जनाएको छ।
आइतबार सुरु हुने संघीय संसद्को अधिवेशनको तयारीका क्रममा शुक्रबार सभामुख, सांसदहरु, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय कर्मचारी, मर्यादापालक र पत्रकार गरि शुक्रबार ८०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यसमध्ये तीन जना कर्मचारीको पोजेटिभ देखिएको र बाँकी सबै ७९८ जनाको नेगेटिभ आएको छ। पोजिटिभ आएकाहरुलाई पीसीआर परीक्षण गर्न पठाइएको संसद् सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।