• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सुवास नेम्वाङलाई प्रश्न : एकपक्षीय बैठक बसेपछि सहमति कार्यान्वयन हुँदैछ भनेर कसरी पत्याउने?

64x64
नेपाल लाइभ शनिबार, साउन २, २०७८  १२:४९
1140x725

काठमाडौं- नेकपा (एमाले) एकता कार्यदल शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी कमिटीले विघटन गरेको छ। तर, शनिबार उक्त कार्यदलका सदस्यहरुले लामै छलफल गरे। त्यो छलफलको निष्कर्ष के हो? संकेत के हो? कार्यदलको बैठकपछि नेपाल लाइभकर्मी डिबी खड्काले ओली पक्षबाट कार्यदलका संयोजक रहेका सुवास नेम्वाङलाई प्रश्न गरेका छन् :

विघटित नेकपा (एमाले) एकता कार्यदलको बैठकले के विषयमा छलफल गरेर कस्तो निष्कर्ष निकाल्यो?
आज हामी स्थायी कमिटीका नेताहरु अनौपचारिक रुपमा बसेका थियाैं। हामी सबैको चिन्ता भनेको कम्युनिष्ट पार्टीको एकता, एमालेको एकता र देशको लोकतान्त्रिक आन्दोलनमा पनि अन्योल र चिन्ता बढेको देखिएको छ। त्यसलाई सशक्त ढंगले अगाडि बढाउने विषयमा छलफल गरेका हौं। निरन्तर अघि बढाउँछौं।

भर्खरै १० बुँदे सहमति भएको छ। सहमति पत्र पार्टी अध्यक्षलाई बुझाएका छौं। वरिष्ठ नेता नेपाललाई बुझाएका छौं। त्यसलाई स्थायी कमिटीको बैठकबाट अनुमोदन गरिएको छ। त्यसलाई कार्यान्वयन गर्दै अघि बढ्दा पार्टी एकताबद्ध हुन्छ। एमाले एकताबद्ध हुँदा त्यसले देशको कम्युनिष्ट आन्दोलनको साथसाथै लोकतान्त्रिक आन्दोलन र कम्युननिष्ट आन्दोलन सशक्त बनाउँछ। यही विश्वासका साथ हामी छलफलमा जुटेका थियौं। छलफलको निष्कर्ष त्यो १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढाउने भन्ने छ। छलफललाई निरन्तर अघि बढाउँछौं। 

Ncell 2
Ncell 2
nimb
nimb

सहमतिको पहिलो बुँदामा २०७५ जेठ २ मा फर्किने भनिएको छ। हिजो एमालेको स्थायी कमिटी र संसदीय दलका बैठक बसे। ती त्यही सहमतिअनुसार जेठ २ फर्किएका बैठक हुनसक्ने धेरैको अनुमान थियो। तर, रुपान्तरित एमालेकै बैठक बस्यो। सहमति कार्यान्वयनको दिशामा अघि बढ्यो भनेर कसरी पत्याउने?
यसका विषयमा हामीबीच छलफल र चर्चा भएको छ। त्यो १० बुँदे सहमतिका विषयमा पनि हामी उपयुक्त निष्कर्षमा पुग्यौं, अब त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्छ भन्ने कुरामा हामीमा कुनै विवाद छैन। स्थायी कमिटीको बैठक, संसदीय दलको बैठकका कुराहरुमा त्यसका आवश्यकताहरु हुन्छन्। उदाहरणका लागि अचानाक प्रतिनिधि सभा बैठक बस्ने भयो। प्रतिनिधि सभा बैठकअघि संसदीय दलको बैठक बस्नुपर्छ। त्यो अधिवेशन अन्त्य हुँदा बस्नुपर्छ। त्यही कुरालाई ध्यानमा राखेर संसदीय दलको बैठक रखियो र त्यसअघि सहमति अनुमोदन गर्न स्थायी कमिटीको बैठक राखियो। अदालतको फैसलाका विषयमा अत्यावश्यक निर्णय गरेर उठ्यौं। त्यही कुरालाई लिएर छलफल भयो। हामी १० बुँदे सहमति कार्यान्वयन गर्ने कुरामा एकमत छौं।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसलाई हेर्ने एउटा साझा दृष्टिकोण निर्माण गरेको भनिएको छ। तर, त्यसमा नेपाल पक्ष सहमत छैन र हुँदैन। यसरी दृष्टिकोण बाझिँदा कसरी एक ठाउँ आइपुग्ने अपेक्षा गर्न सकिएला?
पार्टीभित्र छलफल हुन्छन्। मतहरु हुन्छन्। जहाँसम्म सर्वोच्च अदालतको फैसला छ, त्यसमा कुनै विवाद छैन। अदालतले जे फैसला गर्‍यो, त्यसले धेरै कुराहरु भत्काएको छ। त्यसप्रति हाम्रो असहमति छ, असहमतिकाबीच पनि त्यसलाई मान्दै अघि बढ्छौं भन्ने हाम्रो निष्कर्ष रहेको छ। यही निष्कर्षका विषयमा हामीले आज पनि छलफल गर्‍यौं। १० बुँदे सहमतिलाई मान्दै अगाडि बढ्दा एकतामा पुगिन्छ भन्ने हाम्रो निष्कर्ष हो। 

Xtrem
Xtrem

आज छलफलमा जुटेका स्थायी कमिटीका सदस्यहरु संयोगले विघटित एकता कार्यदलकै पर्नुभयो। तपाईंले तयार गरेको १० बुँदे सहमति पत्र अध्यक्ष र वरिष्ठ नेताले कार्यान्वयन नगरेपनि हामी एक ठाउँ रहन्छौं भन्ने सन्देश दिन खोज्नुभएको हो?
कसैलाई पनि मन मष्तिष्कबाट बाहिर राखेर कुरा गरेका छैनौं। हामीले सिंगो एमालेलाई गोलबद्ध बनाउने हिसाबले, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने हिसाबले छलफल गरेका छौं र छलफल गरिरहेका छौं। हामीलाई विश्वास छ, हामी एकताबद्ध बनाउन सक्छौं।

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्