काठमाडाैं- पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा थप ३८१ जनामा कोरोना संक्रमण फेला परेका छन्।
प्रदेश स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १२३ जनाको नमुना परीक्षण गरिएकामा ३८१ जनामा संक्रमण देखिएको हो।
प्रदेशका ११ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा कास्कीमा र सबैभन्दा थोरै गोरखामा संक्रमित भेटिएको उनले जानकारी दिएका छन्।
उनकाअनुसार कास्की १४६, बागलुङ ४९, स्याङ्जा ३५, मनाङ ११, मुस्ताङ २ र म्यादी ५ संक्रमित फेला परेका छन्।
यस्तै, पर्वत ७३, गोरखा १, लमजुङ ८, तनहुँमा २० र नवलपुरमा ४१ संक्रमित फेला परेका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६० हजार ९०० पुगेको छ।
यस्तै, प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत तीन जनाको मृत्यु भएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १७ जना पुगेको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ३६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५७ हजार ६२ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।