सांकेतिक तस्वीर
काठमाडाैं- काठमाडौंमा चार दिनदेखि जारी काेराेनाविरुद्धको खोप अभियान कार्यक्रम स्थगित भएको छ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार मौज्दात रहेको चिनियाँ खाेप भेरोसेल सकिएपछि खोप अभियान कार्यक्रम स्थगित गरिएकाे हाे।
अर्को सूचना नभएसम्मका लागि भोली हुने भनेको खोप लगाउने कार्यक्रम स्थगित गरिएकाे उनले जानकारी दिएका छन्। असार २९ गतेदेखि चिनियाँ खाेप भेरोसेल अभियान सञ्चालन भइरहेको थियो।
काठमाडौंमा ४४ वटाभन्दा बढी खोप केन्द्र तोकिएको छ।
अहिले चलिरहेको खोप अभियानमा ५५ वर्ष र सो माथिका उमेर समूह, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई भेराेसेलकाे पहिलाे मात्रा लगाउन प्राथमिकतामा राखिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।