काठमाडाैं- प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकता अनु्सार खोप केन्द्रहरु बढाएर सुरक्षित तरिकाले खोप लगाउने व्यवस्था गर्न सरकारका मुख्यसचिव र स्वास्थ्यसचिवलाई निर्देशन दिएका छन्।
उनले मुख्यसचिव शंकरदास वैरागी र स्वास्थ्यसचिव लक्ष्मण अर्याललाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन निर्देशन दिएका हुन्।
'खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु,' प्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।