काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६७६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७६८ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
८ हजार २५६ जनाको आरटी पीसीआर र ४ हजार ५१२ जनामा एन्टिजेन परीक्षण भएको छ। यसमध्ये पीसीआर परीक्षणमा एक हजार ७८२ र एन्टिजेन परीक्षणमा ८९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
साेही अवधिमा ३३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ।
नेपालमा हालसम्म पीसीआरबाट ६ लाख ६२ हजार ५७० र एन्टिजेनबाट ४६ हजार ८६७ जनामा संक्रमण पुष्टि भएको छ। यसमध्ये ६ लाख २६ हजार ४६८ जना संक्रमणमुक्त भएका छन्।
गत २४ घण्टामा एक हजार ७५७ जना संक्रमित कोरोनामुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।