काठमाडौं– कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गते सम्मलाई निरन्तरता दिइएको छ।
काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधका केही प्रावधानहरुलाई थप खुकुलो बनाउँदै साउन १० गते सम्मलाई निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो।
सबै प्रकारका सभा सम्मेलन लगायत मानिसहरु भेला हुने कार्य गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो।
यस्तै, बाहिरी जिल्लाबाट अनावश्यक रुपले प्रवेश गर्न कडाइ गरिने छ। अत्यावश्यक कामका लागि काठमाडौं आउनुपर्ने अवस्थामा अन्य जिल्लाबाट पास लिइरहनुपर्ने छैन।
अबको निषेधाज्ञामा सबै प्रकारका पसलहरु बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ भने निजी र सार्वजनिक सवारीका साधनहरु पनि साबिककै अवस्थामा सञ्चालन गर्न पाइने छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।