काठमाडाैं- डोटीमा काेराेना रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आठाैं पटक थप गरिएको छ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जिल्लामा कोभिड संक्रमणकाे जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि आउँदो साउन १५ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो।
निषेधाज्ञाको उल्लङ्घन गर्ने, औषधि, औषधिजन्य सामग्री, अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने जस्ता कार्य गर्नेलाई कारबाही गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।