काठमाडाैं- प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम तथा नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको पदभार सम्हालेपछि पहिलोपटक देउवाले सीसीएमसीका पदाधिकारीहरुसँग छलफल गरी उक्त निर्देशन दिएका हुन्। उनले कोभिड-१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका कामकारबाहीका विषयमा जानकारी लिएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन्।
'आज कोभिड-१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका कामकारबाहीका विषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएको छु। कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु,' प्रधानमन्त्री देउवाको ट्वीटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।