काठमाडौं– नेपालमा थप २ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बुधबार थप २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी ८ हजार ८०१ जनाको आरटी–पीसीआर विधिबाट नमूना परक्षिण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार १० जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ९१६ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४३० पुगेको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।