काठमाडाैं- गत २४ घण्टाभित्र नेपालमा थप दुई हजार ३७० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल ११ हजार ५८४ जनाको नमूना परीक्षण गर्दा दुई हजार ३७० जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार ६९० र एन्टिजेन विधिबाट ६८० संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल सात हजार ६८९ पीसीआर र तीन हजार ८९५ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख एक हजार ४५८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।