काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा झण्डै दुई हजार कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २१८ जनामा गरिएको परीक्षणमा एक हजार ८३१ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार ५ हजार ५३५ जनामा आरटी पीसीआर र ३ हजार ६८३ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट एक हजार २३७ र एन्टिजेनबाट ५९४ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको भने १ हजार ५३३ जना संक्रमित कोरोनामुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।