फाइल तस्बिर
काठमाडाैं- विश्वमा एकै दिन तीन लाख ४७ हजार ५५ जनाले कोरोना भाइरसलाई जितेका छन्। गत २४ घण्टाभित्र कोरोना भाइरसका ती संक्रमित उपचारपछि कोरोनामुक्त भएका हुन्।
यससँगै विश्वमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ करोड १२ लाख २४ हजार ५३० पुगेको छ। जुन कूल संक्रमितको ९१.४४ प्रतिशत हो। हालसम्म कोरोना संक्रमितको संख्या १८ करोड ७२ लाख ४१ हजार ६५१ पुगेको वर्ल्डोमिटर्सको तथ्यांक छ।
गत २४ घण्टाको अवधिमा निको हुने संक्रमित सबैभन्दा धेरै ब्राजिलका ५१ हजार ९२ जना छन्। यस्तै भारतमा ४१ हजार ५९५ जना गत २४ घण्टाभित्र संक्रमणमुक्त भएका छन्।
गत २४ घण्टाभित्र कोरोनामुक्त हुनेमा कोलम्बियाका २८ हजार ९७१, इन्डोनेसियाका २८ हजार ५६१, दक्षिण अफ्रिकाका १९ हजार ९३७, अर्जेन्टिनाका १८ हजार ७३७, रसियाका १७ हजार ७५०, इरानका १४ हजार ८९५ तथा अमेरिकाका ११ हजार ९५८ जना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।