complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

के हो पोस्ट लकडाउन एन्जाइटी? ७ लक्षण र समाधानका उपाय

कमला गुरुङ शनिबार, असार २६, २०७८  ०६:५१
1140x725

काठमाडौं- कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले यस वर्ष पनि लकडाउन गर्‍यो। गत वर्ष जस्तो यो वर्ष लकडाउन नभनेर निषेधाज्ञा नाम दिइएको थियो। लकडाउनपछि सबैजसो मानिसहरु घरभित्रै थुनिए। लकडाउनको समयमा अधिकांशलाई एन्जाइटी, डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरु देखिए। 

करिब तीन महिनाको निषेधाज्ञापछि हाल नियमित काम तथा क्रियाकलापमा धेरै मानिसहरु फर्कँदै छन्। लकडाउन तथा निषेधाज्ञा भएको समयमा मात्र नभई लकडाउनपछि पनि विभिन्न मानसिक समस्या देखिन सक्ने मनोचिकित्सक बताउँछन्। 

जसमध्ये एक हो, ‘पोस्ट लकडाउन एन्जाइटी’।

मनोचिकित्सक डा रितेश थापा लकडाउन खुलेपछि मानिसहरुमा पोस्ट लकडाउन एन्जाइटीको समस्या देखिन सक्ने बताउँछन्। एन्जाइटी एक किसिमको आत्तिने डराउने रोग हो। कोरोना संक्रमितमा हाल यो समस्या सबैभन्दा धेरै देखिने गरेको छ। 

लकडाउनपछि पुनः सामान्य दैनिकीमा फर्कने क्रममा हुने एक किसिमको एन्जाइटी नै पोस्ट लकडाउन एन्जाइटी हो। 

उनी भन्छन्, ‘सामान्य दैनिकीबाट हामी लकडाउनमा गयौं। अहिले लकडाउनबाट फेरि सामान्य जीवनमा फर्कदै छौं। तर दुई तीन महिनाको लकडाउनमा मानिस घरभित्रै बस्दा उसको बानी तथा दैनिकीमा परिवर्तन भइसकेको हुन्छ। त्यो क्रममा मानिसहरुमा एक किसिमको डर चिन्ता देखिन्छ।’

एन्जाइटीमा श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, कसैलाई घाँटीमा केही अड्किएको जस्तो लाग्ने, खसखस हुने, हातखुट्टा काम्ने, झर्को लाग्ने, छटपटाहट भइरहने, हातहरु काम्ने, मर्छु जस्तो बेहोसे हुन्छु जस्तो लाग्ने, नकारात्मक सोचहरु आउने लक्षण देखिन्छन्। 

उनले भने, ‘एउटा आनन्दको अवस्थामा बसिरहेकाहरु  काममा फर्कदा थकाई जस्तो महसुस हुने पनि हुन्छ। लकडाउनपछि सामान्य अवस्थामा फर्कन गाह्रो किसिमको महसुस पनि गर्ने गर्छन्।’

Ncell 2
Ncell 2
nimb
nimb

कुनै व्यक्तिहरु त ओभर कन्सियस अर्थात् अधिक सचेत हुने समस्या पनि देखिएको छ। जसमा आवश्यकभन्दा बढी नुहाउने, हात धुने, लकडाउन खुलाउनै नहुने भन्दै रिसाउने जस्ता समस्या देखिएको उनले बताए। 

सामान्य दैनिकीपछि लकडाउनमा समायोजन गर्न गाह्रो भएजस्तै लकडाउनपछि सामान्य दैनिकीमा फर्कन कतिपयलाई गाह्रो भइरहेको छ। 

‘यस किसिमको व्यवहारहरु मानिसले देखाइरहेको छ भने पोस्ट लकडाउन एन्जाइटी हुन सक्छ’ उनले भने, ‘किनभने मैले किन यस्तो व्यवहार देखाइरहेको छु भन्ने कुरा उनीहरुलाई थाहा हुँदैन।’

यो सँगै पोस्ट लकडाउन एन्जाइटीमा शारीरिक समस्याहरु टाउको दुख्ने, पेट दुख्ने, बजारमा जान डर लाग्ने, कार्यालयमा जान डर लाग्ने, भीडमा जान डर लाग्ने जस्ता लक्षणहरु पनि देखिन सक्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पोस्ट लकडाउन एन्जाइटीमा विभिन्न लक्षणहरु देखिन सक्छन्। जसलाई बुँदागत रुपमा यहाँ प्रस्तुत गरिएको छः

१. भविष्यप्रति चिन्ता

पोस्ट लकडाउन एन्जाइटीमा व्यक्ति आफ्नो भविष्यप्रति चिन्तित हुन्छन्। कोरोना महामारी र लकडाउनमा भएको उतारचढावका कारण मानिसहरु आफ्नो भविष्यप्रति चिन्तित हुन थालेका छन्। अहिलेको अवस्थामा प्रायजसो मानिसहरु आफ्नो भविष्यप्रति सुनिश्चित हुन सकेका छैनन्। फेरी डाउन हुन्छ, लकडाउन भए के गर्ने ? हामी कसरी सुरक्षित बस्ने ? भन्ने किसिमको डर यस एन्जाइटीमा पैदा हुन सक्छ। 

२. निद्रामा समस्या

लकडाउन भएपछि सबै जना मानिसहरु घरभित्रै थुनिए। दैनिक गर्दै आएका काम र क्रियाकलापहरुमा एकाएक परिवर्तन भए। घरभित्रै थुनिएपछि अधिकांशको दैनिकीमा परिवर्तन भयो। ढिलो सुत्ने, ढिलो उठ्ने लगायत व्यवहारका कारण मानिसहरुको निद्रामा समेत समस्या हुने गरेका छन्। यो एन्जाइटी हुने व्यक्तिहरुमा पनि राति निद्रा नलाग्ने, निद्रामा समस्या हुने जस्ता लक्षण देखिन सक्छ। 

३. थकान र चिढचिढापन हुनु

यदी कुनै व्यक्ति एकदम थकित अनि चिढचिढापन महसुस गरिरहेको छ भने पोस्ट लडकाउन एन्जाइटीको समस्या हुन सक्छ। दैनिकीमा आएको परिवर्तनका कारण मानिसहरु स–सानो कुरामा रिसाउने, झर्किने, चिढाउने किसिमको पनि हुने गर्छन्। 

४. श्वास फेर्न गाह्रो हुने

यदी कुनै व्यक्ति चिन्तित र तनावपूर्ण अवस्थामा छ भने उसले श्वासप्रश्वासमा केही समस्या भएको महसुस गर्छन्। यो एन्जाइटीको समस्या हुनेहरुमा पनि श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन्। किनभने यो अवस्था भएका व्यक्तिहरु सामान्य अवस्थामा हुँदैनन्। उनीहरु स–साना कुरामा झर्को मान्ने, तनावपूर्ण अवस्थामा रहने हुन्छन्।

५. धेरै नकारात्मक सोच आउने

लकडाउन खुलिसकेपछि पनि कतिपय मानिसहरु भीडभाड तथा बजारमा जान डर मान्ने गर्छन्। उनीहरुमा अझै पनि मलाई कोरोना सरिहाल्छ भन्ने जस्ता डरहरु मनमा गढिएर बसेको हुन्छ। बजार तथा कार्यालयमा जान डर लाग्ने, भीडमा जान डर लाग्ने जस्ता लक्षणहरु देखिन सक्छन्। मलाई अरुले कोरोना सारिदिन्छ, कोरोना लाग्ने बित्तिकै मरिहाल्छु भन्ने जस्ता नकारात्मक सोचहरु उनीहरुमा आउन सक्छ। 

६. अधिक सतर्क व्यवहार

कोरोना लगायत विभिन्न रोगबाट बच्न सतर्क रहनु राम्रो हो। तर अधिक रुपमा सर्तक रहनु सामान्य होइन। डा रितेश थापाका अनुसार केही व्यक्तिहरुमा ओभर कन्सियस अर्थात् अधिक सचेत हुने समस्या पनि देखिएको छ। जसमा आवश्यकभन्दा बढी नुहाउने, हात धुने, लकडाउन खुलाउनै नहुने भन्दै रिसाउने जस्ता समस्या पनि यसको लक्षण अन्तर्गत पर्दछन्। 

७. शारीरिक लक्षण

पोस्ट लकडाउन एन्जाइटीमा व्यक्तिलाई मानसिक लक्षण मात्र नभई विभिन्न शारीरिक लक्षण पनि देखिन सक्छन्। ती शारीरिक लक्षणलाई बेवास्ता गर्नु हुँदैन। टाउको दुख्ने, पेट दुख्ने, पसिना आउने, वान्ता हुने लक्षणहरु यस अन्तर्गत पर्दछन्। 

यो समस्याको समाधान कसरी गर्ने ? 

डा रितेश थापाका अनुसार लकडाउन हालै मात्र खुलेकाले पोस्ट एन्जाइटीको समस्या फाट्टफुट्ट रुपमा मात्र देखिन थालेको छ। कुनै पनि कुरा एकै पटक गर्नुभन्दा विस्तारै गर्दै गए मानसिक रुपमा हुने दबाब कम हुने उनले बताए। आफुलाई भएको समस्या बारे खुलेर कुरा गर्न उनको सुझाव छ। 

यो समस्या मलाई मात्र भएको हो भनेर लुकाउनु हुँदैन। उनले भने, सबै जना यही क्रमबाट गुज्रनु भएको छ। सबैलाई यस किसिमको समस्या देखिन सक्छ। त्यसैले आफ्ना समस्याबारे खुलेर कुरा गर्नु पर्छ।

यस किसिमको एन्जाइटीबाट बच्न दैनिक कामको तालिका बनाउने, व्यायाम गर्ने, योग तथा ध्यान गर्ने गर्नुपर्छ। तर यी सब गर्दा गर्दै पनि सामान्य जीवनमा फर्किन सकिएन भने मनोचिकित्सकको परामर्श जानुपर्ने डा थापाले बताए। 

– दैनिक लक्ष्य निर्धारण गर्ने
आफ्नो दैनिकीलाई व्यवस्थित गर्न लक्ष्य निर्धारण गर्न आवश्यक छ। लक्ष्य निर्धारण गरी दैनिकीको सुरुवात गरे तनाव व्यवस्थापन र एन्जाइटीको समस्याबाट बच्न मद्दत मिल्छ। आफ्नो ध्यान केन्द्रित गर्न समस्या भइरहेको छ भने आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ। आफुलाई खुशी मिल्ने कामहरु गर्नुपर्छ। जस्तैः खाना बनाउने, खेतबारीको काम गर्ने, चित्र बनाउने, फिल्म हेर्ने लगायत कामहरु गर्न सकिन्छ। 

– आफ्ना समस्या तथा चिन्ता साझा गर्ने
आफुलाई परेको समस्या र चिन्ता बारे खुलेर कुरा गर्नुपर्छ। आफन्त या नजिकको साथीलाई आफ्ना समस्या तथा चिन्ता साट्न सके मन हलुका हुन्छ। यदी कुनै व्यक्ति मानसिक समस्यासँग जुधिरहेको छ भने त्यसलाई मनभित्र लुकाएर राख्नु हुँदैन। 

– स्वीकार गर्ने बानी बसाल्नुपर्छ
समस्या र चुनौतीसँग सबै मानिसहरु जुध्नुपर्छ। तर केही व्यक्तिहरु समस्यासँग जुध्न डराउँछन्। कुनै पनि समस्या र अवस्थालाई उनीहरुले सहजै स्वीकार गर्न सक्दैनन्। आत्तिने, डराउने खालका समस्याहरु धेरैमा हुने गर्छ। तर कुनै पनि समस्यासँग डराएर भन्दा पनि त्यसलाई स्वीकार गर्न सके एन्जाइटी जस्ता समस्याबाट बच्न सकिन्छ। 

– वर्तमानमा बाँच्नुपर्छ
अधिकांश मानिसहरु भविष्यलाई सोचेर वर्तमानमा चिन्तित हुने गर्छन्। भविष्यका बारेमा धेरै चिन्ता लिइरहँदा वर्तमानमा असर गरिरहेको हुन्छ। यो कुराबाट धेरै जना अवगत भएपनि व्यवहारमा लागु गर्न सक्दैनन्। आफ्नो दिनको सुरुवात ध्यानबाट सुरु गरी त्यस दिन र वर्तमानलाई सुन्दर बनाउन केन्द्रित हुनुपर्छ। भविष्यको चिन्ताले वर्तमानलाई समस्यामा धकेल्नु हुँदैन।

– सामाजिक सञ्जालमा धेरै समय नबिताउने
अहिले अधिकांशले आफ्नो समय सामाजिक सञ्जालमै बिताउने गर्छन्। अझ लकडाउनको समयमा त झन् सामाजिक सञ्जाल नै धेरैको साथी समेत बन्यो। सामाजिक सञ्जालमा सत्यदेखि भ्रम र सकारात्मकदेखि नकारात्मक खबरहरु समेत आउने गर्छ। हामीले भ्रम र सत्य, सकारात्मक र नकारात्मक कुरालाई छुट्याउन सकेनौ भने यसले एन्जाइटीदेखि विभिन्न मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। त्यसैले सामाजिक सञ्जालमा निश्चित समय मात्र बिताउन आवश्यक छ। सबै किसिमको खबर भन्दा पनि आधिकारिक सञ्चार माध्यमले प्रकाशन/प्रशारण गर्ने खबरहरु मात्र छनोट गरी पढ्न आवश्यक छ। 

– दैनिक व्यायाम तथा ध्यान गर्ने
व्यायामले शारीरिकदेखि मानसिक स्वास्थ्यमा सकारात्मक फाइदा गर्छ। आफ्नै दैनिकीको लक्ष्य निर्धारण गर्दा व्यायामलाई कहिले छुटाउनु हुँदैन। कोरोना र लकडाउनको विषयम परिस्थितिमा त झन् व्यायाम अति नै आवश्यक छ।

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  ०६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्