काठमाडाैं- त्रिशुली अस्पताल नुवाकाेटबाट पठाइएकाे स्वाबकाे पीसीआर परीक्षण गर्दा तीन जनामा काेराेनाकाे डेल्टा भेरियन्ट पुष्टि भएकाे छ। यस्तै, १ जनाकाे स्वाबमा डेल्टा प्लस भेरियन्ट फेला परेकाे छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चार स्वाबकाे नमूना परीक्षण गर्दा उनीहरुमा उक्त भेरियन्ट पुष्टि भएकाे हाे।
पहिलो लहरको कोरोना अल्फा भेरियन्ट र दोस्रो लहरको कोरोना डेल्टा भेरियन्टभन्दा कोरोनाकाे डेल्टा प्लस भेरियन्ट ६० देखि १००% भन्दा बढी संकामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेकाे छ।
डेल्टा प्लस भेरियन्टले बालबालिकादेखि बद्धबद्धासम्मका सबै उमेर समूहका व्यक्तिहरुलाई उच्च संक्रमण गर्ने सक्ने र फोक्सोमा बढी असर पार्नसक्ने क्षमता रहेकाे छ।
सो डेल्टा प्लस भेरियन्ट नै काेराेनाकाे तेस्रो लहरको उत्प्रेरक हुने उच्च सम्भावना रहेको विज्ञहरुले बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।