काठमाडाैं- सरकारले काेराेना परीक्षण घटाउँदा पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा संक्रमित घटेका छन्।
उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ३८० संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी २६१ जना रहेका छन्। यसैगरी भक्तपुरमा ४५ र ललितपुरमा ७४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
हिजाे उपत्यकामा ४२७ कोरोना संक्रमित फेला परेका थिए। थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी २८७ जना रहेका थिए।
यसैगरी भक्तपुरमा ५८ र ललितपुरमा ८२ जना संक्रमित थपिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।