काठमाडाैं- गत २४ घण्टाभित्र नेपालमा थप दुई हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल ११ हजार ३१३ जनाको नमूना परीक्षण गर्दा दुई हजार २३९ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार ४७९ र एन्टिजेन विधिबाट ७६० संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल छ हजार ६५७ पीसीआर र चार हजार ६५६ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या छ लाख ९५ हजार ८८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।