काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा झण्डै तीन हजार कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ जनामा गरिएको परीक्षणमा २ हजार ९७९ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार ७ हजार ८३५ जनामा आरटी पीसीआर र ४ हजार ६३ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट २ हजार ७७ र एन्टिजेनबाट ९०२ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा नेपालमा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ९ हजार ३०१ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ३३३ जना संक्रमित कोरोनामुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।