complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

निजी अस्पतालको बदमासी : कोरोना संक्रमितसँग लाखौं असुल्ने, सरकारसँग पनि माग्ने

64x64
नेपाल लाइभ बुधबार, असार २३, २०७८  १७:५३
1140x725

काठमाडौं- कोरोना संक्रमण भएपछि मोरङका रामजी मेहता गत २९ वैशाखमा विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भए। उनलाई १२ दिनसम्म आइसीयूमा राखेर उपचार गरियो। उपचारकै क्रममा ९ जेठमा उनको निधन भयो। 

१२ दिनको सो अवधिमा अस्पतालले बेड चार्जसहित रु.४ लाख ७ हजार र फार्मेसीको ७८ हजार ५०० असुल्यो। मेहताको परिवारलाई नि:शुल्क उपचार गरेको भन्दै अस्पतालले स्वास्थ्य मन्त्रालयसँग रकम माग पनि गर्‍यो।

यो अस्पतालले कोरोना भाइरस संक्रमितको उपचारवापत शुल्क लिन पाउँदैन। संक्रमितको उपचार गर्दा लागेको शुल्क स्वास्थ्य मन्त्रालयले शोधभर्ना दिन्छ। मन्त्रालय र विराट मेडिकल कलेजबीच संक्रमितको नि:शुल्क उपचार गर्न गत १२ वैशाखमा कोभिड–१९ केयर युनिट सञ्चालन सम्बन्धी सम्झौता भएको छ। तर, अस्पतालले बिरामी र सरकार दुवैसँग रकम लिइरहेको छ।

मेहताका छोराले अस्पतालविरुद्ध उजुरी गरेपछि घटना बाहिर आएको हो। त्यसपछि स्वास्थ्य मन्त्रालयले छानबिन थालेको थियो। सो क्रममा उक्त अस्पतालले कोरोना संक्रमण भएर उपचार गराएका अन्य बिरामीसँग पनि शुल्क लिएको र स्वास्थ्य मन्त्रालयसँग ती बिरामीका नाममा रकम माग पनि गरेको पाइएको छ।

मन्त्रालयले देशभरका ८४ अस्पतालसँग यस्तो सम्झौता गरेको थियो। तर, कतिपय अस्पतालले बिरामी र सरकार दुवैसँग रकम लिइरहेका छन्। मन्त्रालयले विराटबाहेक अन्य अस्पतालबारे पनि छानबिन गरेर प्रतिवेदन बनाइरहेको छ।

यसरी दोहोरो शुल्क असुल्ने अस्पतालमा विराटसहित काठमाडौंको नेपाल मेडिकल कलेज, मेडिकेयर अस्पताल, मनमोहन मेमोरियल अस्पताल, कान्तिपुर जनरल तथा डेन्टल अस्पताल, सर्वाङ्ग स्वास्थ्य सदन कुपन्डोल, किष्ट मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेज छन्। यी अस्पतालले उपचार वापत स्वास्थ्य मन्त्रालयले तोकेको दररेटभन्दा बढी शुल्क लिएको र उपचार नि:शुल्क गरेको भन्दै स्वास्थ्य मन्त्रालयसँग रकम माग पनि गरेको पाइएको हो।

यी अस्पतालविरुद्ध मन्त्रालयमा उजुरी परेको छ। मन्त्रालयले दोहोरो र बढी शुल्क लिएको भए उजुरी गर्न बिरामी तथा आफन्तलाई आग्रहसमेत गरेको छ। 

कोरोना संक्रमितसँग सरकारले तोकेभन्दा अत्यधिक बढी रकम असुल्ने अस्पतालको सूचीको पहिलो नम्बरमा ह्याम्स अस्पताल छ। ह्याम्सले एकै बिरामीसँग तोकेभन्दा रु.१५ लाखसम्म बढी असुलेको पाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

ह्याम्स जस्तै धेरै रकम असुल्ने अस्पतालमा मेडिसिटी, काठमाडौं मेडिकल कलेज, ग्रान्डी अस्पताल र कान्तिपुर जनरल एन्ड डेन्टल अस्पताल पनि छन्। यी अस्पतालले कोरोना संक्रमितको उपचारका क्रममा करोडभन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए। 

'यी अस्पतालले बिरामीमाथि लुट नै मच्चाइरहेका रहेछन्', ती अधिकारीले भने, 'अब मन्त्रालय कसरी अगाडि बढ्छ भनेर अहिले नै भन्न सक्ने अवस्था भने छैन।'

मन्त्रालयमा १० वटा उजुरी
कोभिड अस्पतालको रुपमा सूचीकृत भएका अस्पतालले बिरामीसँग दोहोरो शुल्क लिएपछि बिरामी वा आफन्तबाट स्वास्थ्य मन्त्रालयमा १० वटा उजुरी परेका छन्। मन्त्रालयले उजुरी परेका अस्पतालका विषयमा मात्र छानबिन गरेको छ। चर्को शुल्क असुलेका अन्य अस्पतालका विषयमा मौखिक उजुरी र गुनासो मात्र आएको भन्दै छानबिनको दायरामा ल्याइएको छैन।

लिखित उजुरी परेपछि मन्त्रालयले छानबिनका लागि सहप्रवक्ता डा. समीर अधिकारीको नेतृत्वमा ३० जेठमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा मेडिकल अधिकृत डा. नवराज जोशी, वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र, लेखा अधिकृत छविलाल पाण्डे, तथ्यांक अधिकृत शिवलाल शर्मा सदस्य थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लिखित उजुरी परेपछि मन्त्रालयले छानबिनका लागि सहप्रवक्ता डा. समीर अधिकारीको नेतृत्वमा ३० जेठमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा मेडिकल अधिकृत डा. नवराज जोशी, वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र, लेखा अधिकृत छविलाल पाण्डे, तथ्यांक अधिकृत शिवलाल शर्मा सदस्य थिए।

समितिले गत वैशाखमा उजुरी परेका अस्पतालहरुको छानबिन गरेको सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए। प्रतिवेदन तयार पार्ने काम अझै बाँकी रहेको उनले बताए।

१० जनाको उजुरीमध्ये किष्ट मेडिकल कलेजको विषयमा बिरामी र अस्पतालबीच द्धिविधा भएको पाइएको छ। दुवै पक्षबीच सहमति भएपछि बाँकी नौ उजुरीलाई आधार मानेर छानबिन भएको सहप्रवक्ता अधिकारीले बताए।

उनले भने, ‘हामीले सबैको एक-एक गरी हेर्न पाएका छैनौँ। पैसा शोधभर्ना गर्ने सन्दर्भमा के गर्ने, कसरी गर्ने भनेर वैशाखको नमूना लिएर हेरेका हौं। त्यसैको आधारमा जेठ र असारको हेर्छौं। यी महिनामा ठूलो संख्यामा उजुरी परेको छ।’

अस्पतालले बदमासी गरेको पाइए शोधभर्ना नदिन सिफरिस गरेर प्रतिवेदन बुझाएको उनले बताए। त्यसबाहेक कैफियत देखिएको तर, अस्पतालले आधार प्रमाण पेस गरेको र अस्पतालले नि:शुल्क उपचारका लागि दर्ता गरेको छ भने शोधभर्ना दिन सिफारिस गरिएको छ।

सरकारले कोरोना संक्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक रु.२ हजार, एचडीयूमा बसेको रु.३५ सय र आइसीयू तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक रु.१५ हजार लिन पाउने व्यवस्था गरेको छ। सरकारसँग सम्झौता गरेका अस्पतालले बिरामीको नि:शुल्क उपचार गर्ने र त्यसको शोधभर्ना मन्त्रालयले दिने व्यवस्था छ। 

मन्त्रालयसँग सम्झौता नगरेका निजी अस्पतालले पनि यो शुल्कभन्दा बढी रकम लिन पाउँदैनन्। तर ह्याम्स, मेडिकेयर, ग्रान्डी, मेडिसिटी, केएमसी लगायत अस्पतालले बिरामीसँग उक्त शुल्कभन्दा निकै धेरै रकम असुल्दै आएका छन्। यी अस्पतालका विषयमा पनि पछिल्लो समय उजुरी आउन थालेको मन्त्रालयका कर्मचारी बताउँछन्।

स्वास्थ्य मन्त्रालयमा उजुरी परेका १० अस्पताल :

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्