काठमाडौं- कोरोना महामारीका कारण आन्तरिक हवाई उडानमा लागू गरिएको कोटा प्रणाली भोलिबाट हट्ने भएको छ। सरकारले बुधबारबाट कम्पनीहरुले मागेजति उडान भर्न अनुमति दिने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार आन्तरिक हवाई सेवामा मागअनुसार नै उडान भर्न दिने निर्णय गरिएको हो।
सरकारले असार १७ गतेबाट ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुलाएको थियो। यात्रुको चाप बढेको र संक्रमण पनि घटेको भन्दै पूर्ण क्षमतामा एयरलाइन्स कम्पनीहरूले उडान गर्न मागे सरकारले अनुमति दिने निर्णय गरिएको बताइएको छ।
अहिले कोटा प्रणालीमा दैनिक ६० देखि ६५ वटासम्म उडान भइरहेका थिए। अब दैनिक १०० को हाराहारीमा उडान हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।