काठमाडौं- पछिल्लो २४ घन्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार ५ सय ३ जनाको पीसीआर परीक्षाण गर्दा १७ सय १८ र ५ हजार ८२ एन्टिजेन परीक्षण गर्दा ९१६ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घन्टामा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९२६३ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।