काठमाडौं– नेपालमा थप १ हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आइतबार थप १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ४ हजार ८७६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा ३ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार एन्टिजेन परीक्षणबाट ५६१ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, गत २४ घण्टाको अवधिमा देशभर गरी २७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।