काठमाडौं– भारतमा पछिल्लो पटक कोरोना भाइरसका दैनिक संक्रमितको संख्या २ दशमलव ३४ प्रतिशत रहेको छ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना संक्रमित थपिएका छन्।
भारतमा अहिले संक्रमणमुक्त हुनेको संख्या ९७ दशमलव शून्य ९ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
पछिल्लो एक दिनमा देशभर कुल ५२ हजार २९९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्।
भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने चार लाख ८५ हजार ३५० रहेको छ।
पछिल्लो एक हप्तामा भारतमा थप नयाँ संक्रमितहरुको संख्या २ दशमलव ४४ प्रतिशत रहेको छ, भने दैनिक संक्रमितहरुको संख्या २ दशमलव ३४ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
भारतमा एक दिनमा १८ लाख ३८ हजार ४९० जनाको कोरोना परीक्षण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।