• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सुदूरपश्चिममा कोरोना संक्रमण दर घट्यो, तर घटेन जोखिम

सिद्धराज भट्ट/रासस आइतबार, असार २०, २०७८  १४:०१
1140x725

धनगढी– समुदायस्तरमा फैलिएको कोरोना भाइरस संक्रमणले जनस्वास्थ्यमा चुनौती निम्त्याइरहेको छ । दोस्रो लहरको कारोनाका कारण समुदायका अधिकांश घरपरिवार संक्रमित भइरहेका छन् । संक्रमण भई जटिल अवस्थामा पुगेकामध्ये कतिपयको होम आइसोलेशनमा र धेरै व्यक्तिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । समुदायस्तरमा संक्रमण फैलिँदा शङ्कास्पद संक्रमित धेरै व्यक्तिले आफ्नो नमूना परीक्षण नगराएर नै होम आइसोलेशनमा बस्नुपर्‍यो ।

संक्रमणको समस्या भएको देश र खास गरी भारतबाट भित्रिनेको सम्पर्कमा आउनेको गर्नुपर्ने ‘कन्ट्याक्ट ट्रेसिङ’ र भित्रिनेलाई समयमै क्वारेन्टिन अथवा आइसोलेशनमा राख्नमा देखिएको कमीकमजोरीले कोरोना समुदायस्तरसम्म फैलिएको स्वास्थ्यकर्मीको बुझाइ छ ।

सेती प्रादेशिक अस्पताल कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमर दोस्रो लहरको  संक्रमणको समस्या देखिँदा धेरै बिरामी एकसाथ अस्पताल पुग्दा भएका भौतिक तथा जनशक्तिको पूर्वाधारले धान्न नसकेर उपचार व्यवस्थापनमा चुनौतीको सामना गर्नु परेको बताउँछन्। 

डा कमर भन्छन्, 'केवल भौतिक पूर्वाधार जुटाउनेतिर मात्र ध्यान पुग्यो, तर भौतिक पूर्वाधार सँगसँगै चाहिने स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने पाटो कमजोर हुँदा निकै समस्या झेल्नुपर्‍यो ।' पछिल्ला दिनमा संक्रमण घट्दै गएसँगै निको हुने दर बढेको छ ।  नयाँ बिरामी भर्ना हुने र अवस्था जटिल हुने बिरामी घटेका छैनन् । उपचारपछि निको भएकाको स्वास्थ्यमा पनि विभिन्न खालका समस्या देखिन थालेका छन् । 

रिँगटा लाग्ने, कमजोरी महशुस हुने जस्ता स्वास्थ्य समस्या देखिएको धनगढीका एक स्थानीयले बताए। संक्रमण र मृत्यु हुने दर केही घटेको देखिए पनि  संक्रमणको जोखिम यथावत् रहेको बताइन्छ। आगामी दिनमा तेस्रो लहरको भाइरस फैलिने जोखिम कायम रहेको छ । 

कोरोनाका नयाँ नयाँ भेरिएन्ट देखिन थालेकाले आगामी दिनमा जोखिम छैन भनेर भन्न नसकिने डा कमरको भनाइ छ। स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार कोरोनाको संक्रमण फैलिएयता सुदूरपश्चिम प्रदेशमा ७२ हजार ९२ जनाको एन्टिजेन परीक्षण गरिँदा ८ हजार ५५२ जनामा संक्रमण पुष्टि भएको छ । 

यसैगरी एक लाख ९३ हजार ९३ जनाको पीसीआर परीक्षण गरिँदा ३५ हजार ३१२ जनामा  संक्रमण भएको छ । संक्रमित ५७१ जनाको मृत्यु भएको छ । एन्टिजेन पद्धतिबाट गरिएको नमूना परीक्षणमा संक्रमित हुनेमध्ये सात हजार ९७८ र पीसीआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा संक्रमित हुनेमध्ये ३४ हजार ९४५ जना उपचार व्यवस्थापन पछि घर फर्किएका छन्। 

कोरोना भाइरसविरुद्धको खोपका बारेमा शुरुको अवस्थामा यसको प्रभावकारिता हुन्छ वा हुँदैन भन्नेमा धेरैमा शङ्का थियो । तर अहिले यो खोपले काम गर्ने रहेछ भन्ने सबैमा परेको छ । डा कमर यो रोगविरुद्ध खोप लगाउने व्यक्तिमा संक्रमण भइहालेमा दीर्घ रोगीबाहेक कसैको मृत्यु भएको नदेखिएको, कतिपयमा संक्रमण भएर पनि जटिल अवस्था नदेखिएको र समग्रमा कोरोना संक्रमणको दर घटाएको पाइएको बताउँछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रदेश सरकारको तयारी
कोरोनाको तेस्रो लहरको सम्भावित जोखिम हुन नदिन प्रदेश सरकार पूर्वतयारीमा जुटेको छ। यसका लागि आगामी वर्षको समाजिक विकास मन्त्रालयका लागि छुट्याइएको बजेटको ठूलो अंश स्वास्थ्य क्षेत्रमा केन्द्रित गरिएको छ। 

सामाजिक विकासमन्त्री लालबहादुर खड्काले तेस्रो लहरको भाइरसको सम्भावित जोखिम आउन नदिन आवश्यक काम शुरु भइसकेको बताए। यसका लागि कैलाली र कञ्चनपुर जिल्लामा २ हजार क्षमताको १/१ होल्डिङ सेन्टर बनाउन लागिएको छ । यस्तै सीमा नाकालाई थप व्यवस्थित गर्दै भारतबाट भित्रिनेको निगरानी बढाउने कामलाई निरन्तरता दिन लागिएको छ । 

तेस्रो लहरको कारोनाबाट बालबालिकामा बढी जोखिम हुने अनुमान गरिएको छ ।  यसका लागि सेती प्रादेशिक, टीकापुर र महाकाली अस्पतालमा ३०० श्ययाका साथै थप ५० भेन्टिलेटरको व्यवस्थापन गर्न लागिएको छ । 

प्रदेशका पहाडी जिल्ला अस्पतालमा १० देखि २० श्ययाको व्यवस्थापन गरिँदैछ । कोरोना रोकथामलाई प्रभावकारी बनाउँन स्थानीय तहसँग समझदारी गरेर योजना कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्री खड्काले बताए। 

उनले भने, 'सम्भावित तेस्रो लहरको कोरोना रोकथामका लागि तयारी र जनचेतनाका कार्यक्रम पनि सँगसँगै अगाडि बढाउन लागेको छौं।'

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १४:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ
कालीमाटीमा कुन तरकारी–फलफूल कति ? हेर्नुहोस् आजको मूल्य
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ शनिबार, भदौ ६, २०८३
कालीमाटीमा कुन तरकारी–फलफूल कति ? हेर्नुहोस् आजको मूल्य शनिबार, भदौ ६, २०८३
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ शनिबार, भदौ ६, २०८३
लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना, चार जना घाइते शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको हत्याको निष्पक्ष छानबिन गर्न उनेपाको माग शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’ शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्