काठमाडौं– पाकिस्तानले अमेरिकाबाट कोभिड १९ बिरुद्धको खोप अनुदानमा पाएको छ। अमेरिकाले पाकिस्तानलाई मोडेर्नाको २५ लाख खोप अनुदानमा उपलब्ध गराएको हो।
अमेरिकाले पाकिस्तानलाई शनिबार नै खोप हस्तान्तरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
इस्लामाबादस्थित अमेरिकी दूताबासका एञ्जेला पी एगेलरले इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलमा खोप हस्तान्तरण गर्दै कोभिड १९ को संकट झेलिरहेको पाकिस्तानी नागरिकको ज्यान जोगाउन यसले सहयोग गर्ने विश्वास ब्यक्त गरे।
अमेरिकाले यसअघि गरेको घोषणा अनुसार नै पाकिस्तानलाई २५ लाख खोप उपलब्ध गराइको जनाइएको छ। अमेरिकाले विश्व समुदायका विभिन्न मुलुकलाई आठ करोड कोभिड १९ बिरुद्धको खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।