फाइल तस्वीर
काठमाडाैं- कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १९ जनाको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म काेराेना संक्रमणकै कारण ज्यान गुमाउनेकाे संख्या ९ हजार १९८ पुगेकाे छ।
यस्तै, पछिल्लाे २४ घण्टामा मुलुकभरमा ५८३७ जनाको पीसीआर परीक्षणबाट १ हजार ५२७ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार २९६ जनाको एन्टिजेन परीक्षणबाट ८०१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.३ प्रतिशत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।