काठमाडाैं- गत २४ घण्टाभित्र नेपालमा थप दुई हजार ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल १० हजार १३३ जनाको नमूना परीक्षण गर्दा दुई हजार ३२८ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार ५२७ र एन्टिजेन विधिबाट ८०१ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल पाँच हजार ८३७ पीसीआर र चार हजार २९६ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या छ लाख ८१ हजार १३६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।