• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जोखिमको बेवास्ता गर्दै बजारमा भीडभाड, जनस्वास्थ्यका मापदण्ड पालना गराउने कसले?

रिता लम्साल शनिबार, असार १९, २०७८  १२:१४
1140x725

काठमाडौं- निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा चहलपहल ह्वात्तै बढेको छ। सडकमा सवारीसाधनको चाप र बजारमा मानिसको भीडभाड छ।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञा असार १५ गतेदेखि खुकुलो भएको छ। खुकुलो निषेधाज्ञामा जनस्वास्थ्यको मापदण्ड पालना गर्न सरकारले आग्रह गर्दै आइरहेको छ। तर, बढ्दो भीडभाड र चहलपहल हेर्दा मानिसहरु आफैं बेपर्वाह देखिन्छन्। न त दुई मिटरको भौतिक दूरी कायम भएको देखिन्छ न त मास्कको उचित प्रयोग नै।

उद्योग तथा कलकारखाना र सार्वजनिक तथा निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने व्यवस्था छ। 

यस्तै, विवाह तथा व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको पालना गरी गर्न पाइने तथा दुईवटा सवारीसाधन प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

यसैगरी, अत्यावश्यक सेवाहरु बाहेक निजी सवारीसाधन कार, जीप, भ्यानमा बढीमा चारजना, ट्याक्सीको हकमा बढीमा तीनजना र मोटरसाइकल स्कुटरसमेत जोर बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न दिइएको छ।

२५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुबाहक सवारीसाधनलाई पनि बिहान ६ देखि साँझ ७ बजेसम्म जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिइएको छ। खाद्यन्नसम्बन्धी पसल तथा व्यवसाय सञ्चालन गर्न दिइएको छ भने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु पनि जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ।

हाल सभा, सम्मेलन, व्यवसाय तथा नित्य पूजाको कार्य, खुला स्थानमा मानिसहरु भेला हुने, भीडभाड गर्न, सभा, जुलुस, जात्रा महोत्सव, भोज भतेर गर्न र विवाह, ब्रतबन्ध तथा समूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाइने नियम लागू गरिएको छ। यी कार्यबाहेक सबै क्षेत्रहरु खुला भइसकेका छन्। जसले गर्दा पनि बजार तथा पसलहरुमा मानिसहरुको भीडभाड बढेको देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

जिल्ला प्रशासन कार्यालयले जनजीवन सहज बनाउन निषेधाज्ञा खुकुलो बनाइएको र हरेक कार्य गर्दा वा घरबाहिर निस्किदा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने  भनेको छ।

तर, असार १५ गतेपछि बजारमा दसैंमा हुने किनमेल जस्तै भीडभाड देखिएको छ। असन, न्युरोडलगायतका व्यापारिक केन्द्रहरुमा मानिसहरु ठेलमठेल गरेर हिँड्न थालेका छन्। कोरोना संक्रमणबाट बच्न दुई मिटरको दूरी कायम त भएको छैन नै कतिपयले मास्कसमेत लगाएको देखिँदैन। मास्क लगाउनेहरुमध्ये कतिपयले सही तरिकाले मास्क लगाएका छैनन्।

दुई महिनाको कडा निषेधाज्ञापछि खुला भएको बजारमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने/गराउने सरोकारवाला निकायले पनि ध्यान दिएको देखिँदैन। सर्वसाधारणले पनि जनस्वास्थ्यको मापदण्डलाई फेरि बेवास्ता गरेको देखिन्छ।

संक्रमण बढ्ने खतरा
निषेधाज्ञा खुकुलो भएसँगै बजार तथा सडकमा देखिएको भीडले फेरि कोरोना संक्रमण बढ्नसक्ने खतरा रहेको चिकित्सकहरुले बताएका छन्।

निषेधाज्ञाका कारण केही नियन्त्रणमा आएको कोरोना संक्रमण आगामी दिनमा बढ्नसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलाले बताए। डा बास्तोलाले निषेधाज्ञा खुकुलो हुनेबित्तिकै सर्वसाधारणले पहिलो लहरको संक्रमणपछि गरेको गल्ती फेरि दोहोर्‍याएको बताए।

‘गत मंसिरमा पहिलो लहरको संक्रमण कम भएपछि मानिसहरुले कोरोनालाई बिर्सिए, जनस्वास्थ्यका मापदण्ड तोडे, जसले गर्दा फागुनपछि नयाँ भेरियन्टसहितको भाइरस फैलियो। वैशाखमा फेरि निषेधाज्ञा नै गर्नुपर्ने अवस्था आयो,’ डा बास्तोलाले भने, ‘अहिले निषेधाज्ञा खुकुलो भएपछि फेरि मानिसहरुले कोरोनाका त्यो भयावह अवस्थालाई बिर्सिएको जस्तो देखिन्छ। त्यसले गर्दा अहिलेको अवस्थालाई हेर्दा कोरोना संक्रमण फेरि बढ्नसक्छ।’

अहिलको कोरोना संक्रमण अझै संक्रामक रहेको र मानिसहरुले फेरि जनस्वास्थ्यको मापदण्ड बेवास्ता गर्न थालेकाले आगामी दिनमा संक्रमण बढ्ने खतरा देखिएको डा बास्तोलाको भनाइ छ।

‘एक त भाइरस नै संक्रामक छ, त्यसमाथि मानिसहरुको व्यवहार परिवर्तन हुनै सकेको छैन,’ डा बास्तोलाले भने, ‘त्यसैले हामी संक्रमणको जोखिममा नै छौं, अहिले नै स्वास्थ्यको मापदण्डलाई नबिर्सौं।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार निषेधाज्ञा खुकुलो बनाउनुको कारण कोरोना संक्रमण कम वा संक्रमणको जोखिम कम भएर होइन। लामो समय निषेधाज्ञा गर्दा मानिसको जनजीवन र आर्थिक गतिविधि प्रभावित हुने भएकाले स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने निर्देशनसहित निषेधाज्ञा खुकुलो बनाइएको हो। 

कोरोना संक्रमणको जोखिम कायमै रहँदा-रहँदै पनि निषेधाज्ञा खुकुलो बनाइएकाले सर्वसाधारणले आफूले आफैंलाई निषेधाज्ञामै राखेर आफ्नो नियमित कार्यमा लाग्नुपर्ने डा अधिकारी बताउँछन्।

डा अधिकारीले भने, ‘अहिले संक्रमण कम भएर वा जोखिम कम भएर निषेधाज्ञा खुकुलो बनाइएको होइन, जोखिम कायमै रहँदा- रहँदै पनि लामो समय बन्दाबन्दीमा बस्दा सर्वसाधारणलाई गाह्रो भयो भनेर निषेधाज्ञा खुकुलो बनाइएको हो।’

संक्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारले सावधानी अपनाउन आवश्यक रहेको उनले बताए।

‘पहिलो लहरको कोरोना संक्रमण पछि जानेर/नजानेर कोरोनालाई केही होइन रहेछ, केही असर पर्ने होइन रहेछ भन्ने सोच राखेर हाम्रो हेलचेक्र्याइँ बढी भएकाले पनि दोस्रो लहरको संक्रमण व्यापक भयो,’ डा अधिकारीले भने, ‘तर अब अहिले पनि मानिसहरुले पहिलो लहरको संक्रमणपछि गरेको गल्ती दोहोर्‍याउँदै छौं। यस्तो नगरौं।’

अहिले पनि आफू र अरुलाई संक्रमित हुनसक्ने आशंका गरी सोहीअनुसारको व्यवहार गर्नुपर्ने डा अधिकारीले बताए। 

उनले अहिले पनि अत्यावश्यक काम गर्ने अवस्थामा मात्रै घरबाहिर निस्कने, घरबाहिर निस्कँदा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात हुनेलगायतका जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने विषयमा जोड दिए। जनस्वास्थ्यको मापदण्ड पालना गरेमात्रै संक्रमण नियन्त्रणमा आउनसक्ने डा अधिकारीको भनाइ छ। 

संक्रमणको जोखिम सबैभन्दा काठमाडौं उपत्यकामा नै बढी देखिएको छ। उपत्यकामा बढ्दै गएको भीडभाडले पनि त्यो खतरा बढेको जनस्वास्थ्यविज्ञको भनाइ छ।

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ
कालीमाटीमा कुन तरकारी–फलफूल कति ? हेर्नुहोस् आजको मूल्य
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ शनिबार, भदौ ६, २०८३
कालीमाटीमा कुन तरकारी–फलफूल कति ? हेर्नुहोस् आजको मूल्य शनिबार, भदौ ६, २०८३
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ शनिबार, भदौ ६, २०८३
लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना, चार जना घाइते शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको हत्याको निष्पक्ष छानबिन गर्न उनेपाको माग शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’ शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्