काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा झण्डै तीन हजार कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५६८ जनामा गरिएको परीक्षणमा २ हजार ८९२ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार ७ हजार १८७ जनामा आरटी पीसीआर र ४ हजार ३८१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ८८९ र एन्टिजेनबाट एक हजार ३ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा नेपालमा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ९ हजार ११२ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ५९७ जना संक्रमित कोरोनामुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।