complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना महामारीको तेस्रो चरणको जोखिम न्यूनीकरणको तयारीमा जुट्दै स्वास्थ्य मन्त्रालय

64x64
नेपाल लाइभ बुधबार, असार १६, २०७८  ०७:५५
1140x725

काठमाडौं- नेपालमा कोरोना भाइरसको तेस्रो चरण आउने सम्भावनाबारे अनेकौं चर्चा भइरहेको छ। भारतमा देखिएको डेल्टा भेरियन्ट र त्यसको म्युटेसन तीव्र संक्रामक भएको भन्दै जनस्वास्थ्यविदहरुले महामारी व्यवस्थापनको थप तयारी गर्न अनुरोध गरेका छन्।

अफ्रिकन मुलुकहरुमा तेस्रो लहर आइसकेको बताइएको छ। नेपालमा पनि दैनिक हुने कोरोना परीक्षणको २० प्रतिशतलाई कोरोना संक्रमण पोजिटिभ रहनुले संक्रमणदर स्थिर देखाउँछ।

सरकारले भने कोरोना भाइरस संक्रमणको दर कम भएको भन्दै निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ। मंगलबारदेखि सातै दिन पसल खोल्ने र जोरबिजोर प्रणालीमा सार्वजनिक यातायातका साधन संचालन गर्ने निर्णय समेत भएको छ। 

यस्तो अवस्थामा मानिसको चहलपहलले फेरि केही दिनमै संक्रमणको जोखिम बढाउन सक्ने बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी  पनि  संक्रमणको जोखिम कम नभएकाले हतारमा निषेधाज्ञा खुकुलो बनाउन नहुने बताउँछन्।

जोखिम कायमै रहेको समयमा हतारमा निषेधाज्ञा खोल्दा छिट्टै अर्को लहार आउने खतरा रहेको भन्दै स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालन गर्न र सचेत रहन अनुरोध गर्दै आइरहेको छ। अबको महामारीमा बालबालिका संक्रमणको जोखिममा पर्ने सम्भावना धेरै भएकोले बालबालिका लक्षित तयारी गर्नुपर्ने भन्दै मन्त्रालयले अस्पतालहरुलाई निर्देशन समेत दिइसकेको छ।

कोभिड विरुद्धको खोप दोस्रो मात्रामा लगाउनेको संख्या कुल जनसंख्याको करिब २ प्रतिशत मात्र भएका कारण पनि बालबालिकासहित अन्य उमेर समुह पनि महामारीको जोखिममा रहने बताइएको छ।

नेपालमा अहिलेसम्म २५ लाख ८७ हजार ८७३ जनाले खोपको पहिलो मात्रा र ७ लाख ५२ हजार ११० जनाले खोपको दुवै मात्रा अर्थात पूर्ण खोप प्राप्त गरेका छन्।

स्वास्थ्य मन्त्रालयले भदौमा पुनः संक्रमणदर उच्च हुन सक्ने अनुमान गरेको छ। जसका कारण फेरि लकडाउनमा जानुपर्ने अवस्था आउन सक्ने मन्त्रालयको अनुमान छ। अघिल्लो वर्षको पनि लकडाउन खुल्दा साउन भदौमा संक्रमणको दर बढेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

तेस्रो लहर नियन्त्रण गर्न परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई बढाउनुपर्ने र आइसोलेसनको उचित व्यवस्थापन गर्नुपर्नेमा पनि जनस्वास्थ्यविज्ञहरुले जोड दिइका छन्। सबै नागरिकले खोप पाइनसकेकाले तत्काल कोरोना भाइरसबाट बच्न स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गनुपर्ने पनि उनीहरुको भनाइ छ।

विश्व स्वास्थ्य संगठनले पनि पाँच प्रतिशतभन्दा धेरै संक्रमणदरलाई जोखिमपूर्ण बताउँदै आएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार संक्रमणदर स्थिर अर्थात् २० प्रतिशतभन्दा कम भएको छैन। अस्पतालहरुमा भएका बिरामीको भार कम मात्र भएको तर जोखिम कम नभएको उनको भनाइ छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका क्रिटिकल केयर प्रमुख डा सुवास आचार्य नेपालमा बालबालिकाका हेर्न पेडियाट्रिक क्रिटिकल केयरका जनशक्ति निकै कम भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बालबालिकाहरुले अझै पनि कोरोना संक्रमणविरुद्धको खोप नपाएकाले उनीहरु तेस्रो चरणको महामारीमा जोखिममा पर्न सक्ने आंकलन गरिएको हो।

डा आचार्यले भने, ‘नेपालमा पेडियाट्रिक क्रिटिकल केयरका जनशक्ति जम्मा ५, ६ जना मात्र हुनुहुन्छ। नर्सहरुलाई पनि तालिम दिइनुपर्छ। अस्पतालहरुलाई सोही अनुसार तयार गर्नु आवश्यक छ।’

स्वास्थ्य मन्त्रालयले नेपाल पेडियाट्रिक सोसाइटीसँग मिलेर सक्रमित बालबालिकाको उपचारमा खटिने चिकित्सकलाई तालिम दिन पाठ्यक्रम बनाइरहेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता पौडेलले तेस्रो चरण महामारी आउने सम्भावनालाई मध्यनजर गर्दै तयारी थालिएको बताए।

उनले भने,‘हाम्रो देशमा भएको भेरियन्ट डेल्टा र डेल्टा प्लस उच्च संक्रामक छ। यही भेरियन्टले बढाउने संक्रमण एउटा भयो भने अर्को भेरियन्ट आयो भने हुने जोखिम पनि छ। अहिले बनेको एन्टीबडी कति जनाको बन्यो भनेर फिल्डमा गएर हेर्ने तयारी पनि भइरहेको छ।’

उक्त अध्ययनले कति मानिसलाई संक्रमण भइसकेको छ भन्ने देखाउने र बाँकी तयारीमा सहयोग पुग्ने उनले बताए।

उनले इपिडिमियोलोजिष्टको टीमले तेस्रो चरणको सम्भावना, जोखिममा पर्न सक्ने समुह, गर्नुपर्ने तयारीका विषयमा वैज्ञानिक ढंगले विश्लेषण गरिरहेको बताए। उनले जुलाइपछि पनि संक्रमणको दर कसरी अगाडि बढ्छ भन्ने विषयमा पनि अध्ययन भइरहेको बताए।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सोमबार बसेको बैठकमा पनि तेस्रो चरणको तयारी, व्यवस्थापनका लागि कसले के गर्न सक्छ भन्ने छलफल भएको डा पौडेलले जानकारी दिए।

उपचारात्मक तयारीका साथै महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रयोग गरी कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टिन व्यवस्थापन गरिने बताइएको छ।

डा पौडेलका अनुसार मन्त्रालयले  बालबालिका लागि देशभर ५०० बढी आइसोलेसन शय्या र ५०० भन्दा बढी आईसीयू र भेन्टिलेटर शय्या निर्माण गर्ने कुरामा पनि विभिन्न क्षेत्रसँग छलफल भइरहेको छ।

कोरोनाको दोस्रो चरणमा अस्पतालमा अक्सिजन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर लगायतका सामग्री सहयोग पनि गरिरहेका छन्। अबको महामारीमा दोस्रो चरणमा जस्तो असहज नहुने मन्त्रालयको दाबी छ। यद्यपि स्वास्थ्य सामग्रीको संख्या अस्पतालमा बढाइएपनि सोही अनुसार जनशक्तिको भने अहिले पनि निकै अभाव रहेको छ।

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  ०७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्