Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सार्वजनिक यातायात खुलाउने निर्णयप्रति व्यवसायीको असन्तुष्टि- ‘उपत्यकाका सीडीओले मजाक गरे’

64x64
नेपाल लाइभ सोमबार, असार १४, २०७८  १४:५१
1140x725
फाइल तस्वीर।

काठमाडौं– कोरोना भाइरस संक्रमणको 'चेन ब्रेक'का लागि भन्दै वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका कारण बन्द भएका सार्वजनिक यातायातका साधनहरु झन्डै दुई महिनापछि सञ्चालनमा आउने भएका छन्। 

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सोमबार सार्वजनिक यातायातका सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ। तीन जिल्लाका सीडीओको बैठकले गरेको निर्णयानुसार मंगलबारदेखि २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायातका साधनलाई तोकिएको सिट क्षमतानुसार यात्रु बोक्नेगरी चलाउन पाइनेछ। 

निजी सवारीमा जस्तै सार्वजनिक सवारीसाधन पनि जोरबिजोर प्रणाली लागू हुनेछ। तर, यातायात व्यवसायीहरुले भने सार्वजनिक यातायात खुला गर्ने उपत्यकाका सीडीओहरुको निर्णय 'अपरिपक्व' र 'मजाक' गरेजस्तो भएको भन्दै असन्तुष्टि जनाएका छन्।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला विनाकुनै अध्ययन र विनायोजना मजाक गरेजस्तो गरी सार्वजनिक यातायात खुलाउने निर्णय भएको बताउँछन्। सार्वजनिक यातायात खुलाउने निर्णय पक्षपातीजस्तो भएको पनि उनको भनाइ छ। 

'उपत्यकामा निषेधाज्ञालाई खुकुलो बनाउने र सार्वजनिक सवारी सञ्चालनको निर्णय भएको सुनियो। तर, यातायात व्यवसायीका लागि यो निर्णय अर्थ न बर्थ गोविन्द गाई भनेजस्तै भएको छ,’ सिटौलाले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

आफूहरुले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी सार्वजनिक सवारी सञ्चालन गर्ने सुझाव दिए पनि अपरिपक्व निर्णय भएको उनको भनाइ छ।

२५ सिट क्षमता वा सोभन्दा माथिका सार्वजनिक सवारीमात्रै सञ्चालन गर्न पाउने भनेर भएको निर्णय असान्दर्भिक र पक्षपाती भएको उनले टिप्पणी गरे।  ‘२५ सिट क्षमताभन्दा कम सिट क्षमता भएका सवारीका मालिक तथा कर्मचारीलाई हेला गरिएको छ,’ उनले भने, ‘उनीहरुचाहिँ बाँच्नु पर्दैन?’

२५ सिट क्षमता वा सोभन्दा माथिको सवारी सञ्चालनमा पनि जोरबिजोर प्रणाली लागू गर्ने भन्ने निर्णय झन् अपरिपक्व भएको उनको भनाइ छ। सार्वजनिक यातायातमा भिड कम गर्न सबै सवारीसाधनलाई चल्न दिनुपर्ने उनको भनाइ छ। 

Xtrem
Xtrem

'२५ सिट क्षमताभन्दा माथिका गाडीहरु त्यसै पनि कम छन्। भएका पनि जोरबिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने भनेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड र ५० प्रतिशत यात्रु मात्रै चढाउने भन्ने कुराको पालना कसरी सम्भव हुन्छ?,' सिटौला भन्छन्, 'यस्तो निर्णयले कोरोना भाइरसको संक्रमण झन् बढाउने जोखिम हुन्छ। 

सार्वजनिक सवारीका साधनहरु जति धेरै सञ्चालन हुन्छन् त्यति नै भिडभाड कम हुने उनको तर्क छ। 'काठमाडौं उपत्यकामा अहिले १ हजार सवारी सञ्चालन हुँदा गाडीहरुमा हुने भिड तीन हजार सवारीका साधन सञ्चालन हुँदा स्वत: कम हुन्छ,' सिटौला भन्छन्। 

स्वास्थ्य सुरक्षाका मापदण्डहरुको कडाइपूर्वक पालना गराइ भएका सबै सवारीका साधनहरु सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ। धेरै सवारी सडकमा आउन दिँदा भिडभाड कम हुने र रोग फैलने सम्भावना पनि कम हुने उनी बताउँछन्। 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा बिहीबार, असोज २२, २०८३
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्