काठमाडौं- काठमाडौं उपत्यकामा हालसम्म २ लाख ६२ हजार ८०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल संक्रमितमध्ये काठमाडौंमा २ लाख ३ हजार ४९७, भक्तपुरमा २२ हजार ८२ र ललितपुरमा ३७ हजार २२५ जना छन्।
तीमध्ये २ लाख ५१ हजार ५२७ जना संक्रमित निको भइसकेका छन्। काठमाडौंमा हालसम्म १ लाख ९७ हजार २३८, भक्तपुरमा १९ हजार ९८८ र ३४ हजार ३०१ जना व्यक्ति संक्रमित निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा हाल ८ हजार ५०८ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौंमा ४ हजार ३९१, भक्तपुरमा १ हजार ३८५ व्यक्ति सक्रिय संक्रमित रहेका छन्।
हालसम्म काठमाडौं उपत्यकामा २ हजार ७६९ जना संक्रमितको मृत्यु भएको छ, जसमध्ये १ हजार ८६८ काठमाडौंमा, ३६२ भक्तपुरमा र ५३९ जना ललितपुरमा कोरोना संक्रमितको मृत्यु भएको छ।
देशभर हालसम्म ६ लाख ३३ हजार ६७९ व्यक्ति संक्रमित भइसकेका छन् भने ५ लाख ८४ हजार ३३४ जना संक्रमित निको भइसकेका छन्। हालसम्म नेपालमा संक्रमणका कारण ९हजार ९ जना संक्रमितको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।