काठमाडाैं- पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको हो।
प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार कास्कीमा ८, स्याङजा २, र तनहुँमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
मृत्यु भएका मध्ये कास्कीका ७ जना महिला र १ जना पुरुष रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।