काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ५२ कोरोना संक्रमित फेला परेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी २ सय ५२ जनामा संक्रमण पुष्टि भएकाे हाे।
थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका १८१ रहेका छन्। यस्तै, भक्तपुरमा २५ र ललितपुरमा ४६ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।