काठमाडाैं- पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जना निको भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न स्थानमा उपचार गरिरहेका ५ हजार ४५५ जना निको भएका हुन्।
हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरुको संख्या ५ लाख ७६ हजार ४१३ पुगेको छ। निको भएको यो दर ९१. ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
शुक्रबार थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १४ हजार ३५१ जनाको नमूना परीक्षण गरिएको थियो।
९ हजार ५८६ काे नमूना पीसीआर परीक्षण गर्दा १ हजार ७२१ र ४ हजार ७६५ काे नमूना एन्टिजेन परीक्षण गर्दा ७५५ जनामा पोजेटिभ देखिएको थियो।
त्यस्तै, थप २७ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। याेसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।