काठमाडाैं- नेपालमा गत २४ घण्टाभित्र थप दुई हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर नाै हजार ५८६ जनाको पीसीआर र चार हजार ७६५ जनाको एन्टिजेन गरी कूल १४ हजार ३५१ जनाको कोरोना परीक्षण भएको थियो। तीमध्ये पीसीआर विधिबाट एक हजार ७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या छ लाख ६१ हजार ८४१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।