काठमाडाैं- गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार विभिन्न अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको हो।
उनका अनुसार कास्कीमा ४, स्याङजा २, नवलपसारी पूर्व १ र तनहुँमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९१४ पुगेको छ।
त्यसैगरी साेही अवधिमा १ हजार ३०४ जनाको नमुना परीक्षण गर्दा गण्डकी प्रदेशमा थप ३२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये १७७ पुरुष र १४४ जना महिला रहेका छन्।
निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका ११८, म्याग्दीका ३, पर्वत ४,लमजुङ २६, गोरखा २६, तनहुँ ३५, बाग्लुङ ३०, स्याङ्जाका १०,नवलपुरका ३६ जना र मुस्ताङमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ हजार ७०८ पुगेको छ। पछिल्लो २४ घण्टामा ५४० जना जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४९ हजार ९११ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।