फाइल तस्वीर
काठमाडाैं- पछिल्लो २४ घण्टामा थप २ हजार ५१८ जना निको भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षण २ हजार ५१८ जना निको भएका हुन्।
हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरुको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ। निको भएको यो दर ९०. ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, १२ हजार २३२ जनाको नमुना परीक्षण गर्दा थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
७ हजार २३५ जनामा आरटी पीसीआर परीक्षण गर्दा एक हजार ५७७ र ४ हजार ९९७ जनामा एन्टिजेन परीक्षण गर्दा ८९७ जना संक्रमति थपिएकाे मन्त्रालयले जनाएको छ।
त्यस्तै, थप २४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। याेसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।