काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ।
बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले पछिल्ला केही दिनमा संक्रमणको दरमा कमी आइरहेको भएपनि देशका विभिन्न ३७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ।
मन्त्रालयका अनुसार अहिले संक्रमण दर १९.१ प्रतिशत रहेको छ। प्रवक्ता पौडेलका अनुसार संक्रमणको दर पछिल्लो हप्ता भन्दा घटिरहेको छ।
५ सय भन्दा बढी सक्रिय संक्रमितहरु रहेको जिल्लामा काठमाडौं, ललितपुर, बाग्लुङ, रुपन्देही, भक्तपुर, मोरङ, कैलाली, सुनसरी, चितवन, काभ्रेपलाञ्चोक लगायत रहेको प्रवक्ता पौडेलले जानकारी दिए।
त्यस्तै १९ जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय देखि ४ सय ९९ सम्म रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।