काठमाडौं– आइसिटी अवार्डको छैटौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) सुरु भएको छ। मंगलबारबाट अनलाइन आवदेन सुरु भएको हो। लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने ‘आइसिटी अवार्ड २०२१’ को लागि विभिन्न ११ विधाहरूमा अवार्डको नोमिनेशन खुला गरिएको छ।
दोस्रो लहरको कोभिड संक्रमण दर केही घटिरहेको अवस्थालाई मध्यनजर गर्दै आइसिटी अवार्ड २०२१ को अनलाइन नोमिनेशन खुला गरिएको हाे।
गतवर्ष पहिलो लहरको संक्रमणको अवधिमा अधिकांश कार्यक्रम स्थगन भए पनि आइसिटी अवार्ड २०२० भर्चुअल माध्यमबाट नोमिनेशन र छनौट प्रक्रिया अघि बढाउँदै डिसेम्बर २३, २०२० मा सोल्टी होटलमा विशेष कार्यक्रम मार्फत १२ विधाका विजेतालाई सम्मान गरिएको थियो।
यस वर्षको आइसिटी अवार्डमा अधिकांश छनाेट समितिका मिटिङह भर्चुअल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। आइसिटी अवार्डको छनाेट प्रक्रियाका लागि दुई दर्जनभन्दा बढी जुरी र सल्लाहकारह रहेका छन्। विभिन्न ११ विधामा इच्छुक व्यक्ति, कम्पनी, प्रडक्ट वा संस्थाहरूले २०७८ साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन्।
अवार्डमा प्रतिस्पधी आफै वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता गरिदिन सकिनेछ। अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी ( वेबसाइट)मा गएर विधा छनौट गरी फारम भरेर बुझाउनु पर्नेछ।
स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाह स्टार्टअप तथा प्रोजेक्टलाई अवार्ड गरिने विधा रहेका छन्। व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्त्ररप्रेनर आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड छन्।
यसैगरी सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइवेट सेक्टर) रहेका छन्।
सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ५० भन्दा बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्टहरू सम्मानित भइसकेका छन्
यी हुन् अवार्डका ११ विधा
१. स्टार्टअप आइसिटी अवार्ड
२. प्रडक्ट आइसिटी अवार्ड
३. राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड
४. पायोनियर आइसिटी अवार्ड
५. नेपाली डायस्पोरा आइसिटी अवार्ड
६. आन्टरप्रेनर आइसिटी अवार्ड
७. वुमन आइकन आइसिटी अवार्ड
८. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पल्लिक सेक्टर)
९. डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर)
१०. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर)
११. डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइभेट सेक्टर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।